छिन्न भिन्न हुँदै छक्का पञ्जा टिम, निश्चलसँग टिमअप होला त !

छिन्न भिन्न हुँदै छक्का पञ्जा टिम, निश्चलसँग टिमअप होला त !

दीपकराज गिरी , दीपाश्री निरौलाको टिमबाट कलाकार जितु नेपाल (मुन्द्रे) बाहिरिएका छन् । हास्य कलाकारको टिमले सुरु गरेको ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्मसँगै आएका जितुले दीपक दीपाको टिमबाट अलग भएको बताएका छन् ।

ल कडाउनको समयमा टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री निरौला हटाइए पछि यि बीच म नमुटाव रहेको बुझिएको छ । दीपाश्री निरौलालाई ह टाएर मुन्द्रेको कमेडी क्लबमा अध्यक्षका रूपमा करिष्मा मानन्धरलाई राखेका थिए ।

दीपक दीपाको टिमबाट जितु अघि धुर्मुस–सुन्तली ९सीताराम कट्टेल– कुञ्जना घिमिरे० आउट भइसकेका थिए । ‘छ एकान ६’ र ‘वडा नं ६’ गरी दुई फिल्ममा सहकार्य गरेका धुर्मुस–सुन्तलीले तेस्रो फिल्म ‘छक्का पञ्जा’मा साथ छाडेका थिए । उनीहरुबाट छुट्टिएर कुञ्जना र सिताराम कट्टेलले नयाँ फिल्म ‘सेन्टी भा इरस’ निर्माण गरिसकेका छन् । जुन गत फागुनमा प्रदर्शन भइसकेको छ ।

‘तीतो सत्य’देखि सहकार्य गर्दै आएका निर्मल शर्मा पनि ‘छक्का पञ्जा’पछि दीपक–दीपाको समूहबाट अलग भएका थिए । शिवहरि पौडेलले पनि ‘छ माया छपक्कै’देखि अलग भइसकेका छन् । उनले दीपक दीपाको समुहबाट अलगिएर किरण केसीको समूहतर्फ लागेका छन् । छक्का पञ्जा टिम छोडेर किरण केसीको फिल्म ‘लक्का जवान’मा निर्देशन गरिसकेका छन् । कोेरोना महामारीका कारण फिल्म प्रदर्शन हुन सकेको छैन । यस फिल्ममा शिवहरी पौडेलको पनि लगानी रहेको छ ।

हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’बाट निर्देशक दीपाश्री निरौला बाहिरिइन् । दीपाश्रीले नायक राजेश हमालको बिषयमा दिएको एक अभिव्यक्ति कै कारण उनी शोबाट बाहिरिन् बाध्य भइन् । उनी शोबाट बाहिरिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको रुपमा शोमा भित्रिएकी छिन् ।

दीपाश्री ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएसँगै चलचित्र बजारमा ‘छक्का पन्जा’ टिमबाट जितु नेपाल पनि बाहिरिएको चर्चा सुरु भएको छ ।

‘मुन्द्रेको कमेडी क्लब’बाट दीपाश्री बाहिरिनुको कारण संचालक जितु नेपालले विज्ञापनदाता र निर्माण कम्पनीलाई देखाएका थिए । जितुले केही समय अगाडि एक अनलाइनसँगको कुराकानीमा विवादपछि विज्ञापनदाताले समस्या उत्पन्न भएको बताएपछि निर्माण कम्पनीले यो बिषयमा कुरा गरेको र दिपाजीले पनि सहर्ष स्विकार गरेको बताका थिए ।

तर, जितुले विज्ञापनदाता र निर्माण कम्पनीको असन्तुष्टीका कारण दीपाश्री शोबाट बाहिरिएको बताएपनि ‘छक्का पन्जा’ टिमलाई भने उनकै कारण दीपाश्री बाहिरिएको भन्ने परेको छ । श्रोतका अनुसार –‘विज्ञापनदाता र निर्माण कम्पनीको भन्दा पनि जितु नै राजेश हमाल विवादपछि दीपाश्रीलाई राखेर शोमाथि जोखिम मोल्न नचाहेको भन्ने वुझाई ‘छक्का पन्जा’ टिमको छ ।

यो बिषयमा जितुले भने–‘मैले पनि टिम टुटेको भन्ने खबर समाचार आएपछि मात्र थाहा पाएँ । तर, हाम्रो टिम टुटेको छैन । मेरो सबैसँग सम्बन्ध राम्रो छ । एउटा कुरा के हो भने, अहिले हाम्रो कम्यूनिकेशन टुटेको भने छ । दीपाश्री दिदीसँग मेरो च्याटमा कुरा हुन्छ । एक दुइवटा चलचित्रमा जितु नेपाल भएन भने पनि सम्बन्ध टुटेको भन्न मिल्दैन । हरेक चलचित्रमा म हुनैपर्छ भन्ने पनि छैन ।’

जितुले आफूले दीपाश्री नराख्ने भए कार्यक्रम नै चलाउँदिन भनेर अडान राख्न नसकेको स्विकार गरे । उनले भने–‘म खुलेर यो कुरा स्विकार गर्न सक्छु कि, मैले दीपा दिदीबिना कार्यक्रम चलाउँदिन भनेर कार्यक्रमको निर्माण कम्पनीसँग अडान नराखेकै हो । तर, मलाई टिमबाट निकालेको भन्ने कुरा दिपकराज गिरी दाइको मुखबाट नसुनेसम्म मलाई विश्वास लाग्दैन ।’

जितु नेपाल बाहिरिएको बिषयमा यो टिमका सदस्य दिपकराज गिरीले केही पनि बताएनन् । उनले भने–‘जितु नेपालको शो पूर्ननिर्माण हुन सक्छ भने, छक्का पन्जा टिम पनि पूर्ननिर्माण हुन सक्छ ।’

दिपकका अनुसार, यो टिममा शिवहरि पौडेल, विल्सन विक्रम राइको प्रवेश भएको छ । उसो त, यो टिमसँग केही चलचित्रमा शिवहरि र विल्सनले काम गरिसकेका छन् । किरण केसी, निर्मल शर्मा पनि यो टिमसँग मिलेर अगाडि बढ्ने तयारीमा छन् । यसरी हेर्दा, ‘छक्का पन्जा’ टिमलाई झनै बलियो र ठूलो बनाउने तयारी दिपकराज र दीपाश्रीको छ ।

जितु नेपाल र दिपकराज गिरीले यो बिषयमा खुलेरै कुरा गर्न नचाहेपनि ‘मुन्द्रेको कमेडी क्लब’पछि उत्पन्न विवादले दिपक–दीपा र जितु नेपालविच सम्बन्ध भने चिसिएको वुझ्न सकिन्छ । जितुले संचालन गर्दै आएको शो केदार घिमिरेले संचालन गरेको ‘आमा अग्नी कुमारी मिडिया’ नामक युटुब च्यानलबाट अपलोड हुँदै आएको थियो । तर, अहिले जितुले आफ्नै युटुब च्यानल संचालन गरेर शो अपलोड गर्न थालेका छन् ।

जितुले यो बिषयमा भने–‘मलाई कि एड्भरटाइजिङले युटुबको हकमा कि तपाई आफ्नै च्यानलबाट अपलोड गर्नुहोस् कि हामी अपलोड गर्छौ भनेपछि मैले आफ्नै च्यानल खोलेर अपलोड गर्न थालेको हुँ । मेरो र केदार घिमिरेविच पनि कुनै खालको सम्बन्ध विग्रिएको छैन ।’

के दीपकराज र निश्चलबीच टिमअप हुँदैछ ?

कोरोना भा इरसका कारण आठ महिनादेखि फिल्म क्षेत्र सुनसान छ । सिनेमा हलको गेटमा ताल्चा झुण्डिएको छ । निर्माण सम्पन्न भएका फिल्म कम्प्यूटरको हार्ड डिस्कमा थन्किएका छन् । निर्माणको तयारीमा रहेका फिल्म सरकारको अनुमति कुरेर बसेका छन् । सरकारले फिल्म क्षेत्रमा लगाएको प्र तिबन्ध फुकुवा नगर्दा फिल्म क्षेत्र अब कसरी अगाडि बढ्ला भन्ने अन्योलको स्थिति छ ।

सरकारले फिल्म निर्माण र प्रदर्शन खुल्ला गरेपछि फिल्म क्षेत्रलाई चलायमान बनाउन ठूला मेकरबीच सहकार्य हुनुपर्ने र ठूला स्टारले शेयरमा काम गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा फिल्म क्षेत्रका बलशाली मेकरको रुपमा कहलिएका दीपकराज गिरी र ‘लु ट’ पछि नेपाली फिल्ममा कथा भन्ने शैली नै परिवर्तन गरेका निश्चल बस्नेतबीच नयाँ फिल्ममा सहकार्यको चर्चा चलेको छ ।

काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टमा दीपकराज र निश्चलसँगै निर्देशक दीपाश्री निरौला र अभिनेत्री स्वस्तिमा खड्काबीच विशेष भेटघाट भएको थियो । त्यहाँ उनीहरुले एकसाथ डिनर पनि गरेका थिए । स्वस्तिमा र दीपाश्रीले सामाजिक सञ्जाल इन्स्टाग्राममा गोकर्ण रिसोर्ट घुमेका र कुराकानी गर्दै डिनर गरेका तस्विर तथा भिडियो क्लिप्सहरु शेयर गरेका छन् ।

दीपकराज र निश्चलको यो भेटघाटलाई फिल्मकर्मीहरुले विशेष रुपमा लिएका छन् । नयाँ प्रोजेक्टमा सहकार्यका लागि उनीहरुबीच भेटघाट भएको हुनसक्ने कतिपयको आँकलन छ । यद्यपि, उनीहरुबीच कुन शिलशिलामा भेटघाट भएको थियो, त्यो भने खुलेको छैन । यो अवस्थामा यी दुई ठूला मेकरबीच टिमअप हुन सकेको खण्डमा नेपाली फिल्म क्षेत्रका लागि निकै फाइदाजनक हुनेछ ।

सम्बन्धित खवर