पथरीका व्यावसायी बुढाथोकी चित्तल बोकेर राजमार्गमा हुइकिदै गर्दा पक्राउ

पथरीका व्यावसायी बुढाथोकी चित्तल बोकेर राजमार्गमा हुइकिदै गर्दा पक्राउ

कार्तिक १८, पथरी ।
मोरङको पथरीमा लामो समय देखी ओम साई अटो टेर्डस नामक व्यावसाय गर्र्दै आएका व्यावसायी शम्भु बुढाथोकी पक्राउ परेका छन् ।
बुढाथोकीले मंगलवार कानेपोखरी-७ स्थित लोकमार्गबाट वन्य जन्तु चित्तललाई आफ्नो गाडीमा राखेर पथरी तर्फ हुइकिदै गर्दा कानेपोखरी र पथरीशनिश्चरेको सिमाना स्थित मोरङगी खोलाको पुलमा पक्राउ परेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।


ईलाका प्रहरी कार्यालय पथरीका डिएस्पी दिलिप कुमार गिरीका अनुसार-“मंगलवार अन्दाजी दिनको १२ः४० बजेको समयमा प्राप्त सुचनाका आधारमा निज बुढाथोकीले चलाएको प्रदेश १-०२००२ च ३७०० नं. को कालो महेन्द्रा (जिप) गाडीमा राखेर ल्याउदै गरेको खबर प्राप्त भएपछि उनी सहित गाडीलाई नियन्त्रणमा लिइएको होे ।”
आवश्यक कानुनी कार्वाहीका लागि कानेपोखरी सव-डिभिजन वन कार्यालय कानेपोखरीलाई जिम्मा लगाएको गिरीले बताए ।
पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ . बुढाथोकीलाई आवश्यक पुर्पक्षका लागि सब डिभिजन बन कार्यालय बेलवारीमा राखिएको बताईएको छ ।
३ वर्ष उमेर अनुमान गरिएको चित्तलको तौल करिब ४० केजी जति भएको सब डिभिजन वन कार्यालय कानेपोखरीका अधिकृत तुलसीलाल यादवले बताए
मृत चित्तलको बुधवार पोष्टर्माटम गरेपछि थप कुराहरु बाहीर आउने यादवले बताए ।
बुधवार आवश्यक कागजात पुरा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाइने र बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तर्गत मुद्धा चल्ने यादवको भनाइ छ ।


तर बुढाथोकी पक्राउ परे लगतै उनलाई छुटाउन र नियन्त्रणमा नलिन स्थानिय स्तर देखी प्रदेश स्तर सम्मका जनप्रतिनिधि र पार्टीका नेताहरुको फोन आउन थालेको यालवले बताए ।
कानुनी प्रकृया अनुसार कार्वाहीका लागि आफ्नो तर्फबाट कुनैपनि कसुर बाँकी नराख्ने यादवले बताए ।
बुढाथोकीको बारेमा यस प्रकारका अन्य कुराहरु सुन्नमा आएको र त्यसको पनि अनुसन्धान गरिने यादवले बताए ।

सम्बन्धित खवर