बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु

बर्दिया – बाघको आक्रमणबाट गाई, गोरु चराउन गएका बर्दिया गेरुवा गाउ‘पालिका–४ राजीपुरका ६८ वर्षीय लहानु थारुको मृत्यु भएको छ ।

शनिबार सॉझ करीब ६ बजे बाघले आक्रमण गर्दा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी योगेन्द्र खड्काले बताए ।

एउटा गाई नफर्केपछि झारीमा खोज्न गएका बेला थारुलाई बाघले आक्रमण गरेको थियो । पछिल्लो नौ दिनयता बाघको आक्रमणबाट थारु समेत चार जनाको मृत्यु भईसकेको छ ।

सम्बन्धित खवर