सार्वजनिक सवारीमा भाडादर नटाँस्नेलाई कार्वाही शुरु

सार्वजनिक सवारीमा भाडादर नटाँस्नेलाई कार्वाही शुरु

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई कारबाही थालेको छ । महाशाखाले भाडादर टाँसे/नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरेको छ ।महासाखाले अभियानको पहिलो दिन शनिबार मात्रै चार सय २९ सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ ।

सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्न र यात्रुलाई गन्तव्यसम्मको भाडादर थाहा पाउन सहयोग पुगोस् भनेर उक्त अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

सडक र सवारी प्रयोगकर्तालाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ । महाशाखाले ठूलो आवाज निकाल्ने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने  सवारी साधनलाई पनि कारबाही अभियान थालेको छ ।

सम्बन्धित खवर