गएको १२ घण्टामा मोरङमा मात्रै थप ६ सङ्क्रमितको मृत्यु

गएको १२ घण्टामा मोरङमा मात्रै थप ६ सङ्क्रमितको मृत्यु

मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु भएको हो ।

नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध, मोरङ सुन्दरहरैंचा नगरपालिका–१० की ६९ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

इटहरीका ४३ वर्षीय पुरुषको नोवेल शिक्षण अस्पताल अगाडि शुक्रबार एम्बुलेन्समा नै मृत्यु भएको थियो । मृतक कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि भर्ना हुन अगाडि नै मृत्यु भएको प्रबन्धक दाहालले बताए । विराट शिक्षण अस्पतालमा विराटनगर–३ का ६५ वर्षीय पुरुषको आज मृत्यु भएको छ । मृतक यही कात्तिक ६ गते उपचारका लागि भर्ना भएको आइशोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

यस्तै, म्याक्स ट्रमा सेन्टर विराटनगरमा उदयपुरकी ४२ वर्षीया एक महिलाको आज मृत्यु भएको छ । मृतक उपचारका लागि शुक्रबार अस्पतालमा भर्ना भएको प्रबन्धक हेमनारायण मेहताले बताए । प्रदेश नं १ मा अहिलेसम्म कोरोना संक्रमणबाट १९२ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर