विराटनगरको सहिद रंगशालामा मंसिरभित्रमा फ्लडलाइट जडान हुने

विराटनगरको सहिद रंगशालामा मंसिरभित्रमा फ्लडलाइट जडान हुने

विराटनगर ः आगामी मंसिरभित्रमा सहिद रंगशाला विराटनगरमा फ्लड लाइट जडान भईसक्ने भएको छ ।

फ्लड लाइट जडानका लागि आवस्यक सामाग्री आईसकेकाले मंसिरभित्रमा काम सम्पन्न हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

रंगशालामा फ्लड लाइट जडानका लागि आवस्यक सामाग्रीहरु ल्याएपछि शुक्रबार अनुगमन गर्दै मन्त्री घिमिरेले मंसिर मसान्तभित्रमा काम सकिने बताउनुभयो । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभिवीच ३२ देखि ३५ मिटरसम्मको उचाइको हुने प्रत्येक फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता भएको थियो । लकडाउनका कारण भारतबाट सामाग्री ल्याउन समस्या भएपछि निर्धारित मितिमा काम सम्पन्न हुन नसकेको मन्त्री घिमिरेले बताउनुभयो ।

कोरोनाको संक्रमण रोक्न सरकारले नेपाल र भारतको सीमा सील गरेको कारण देखाउँदै कम्पनीले सामग्री ल्याउन नसकेको कार्की बन्धु अमर जेभिका प्रोपाईटर गणेश कार्कीले बताउनुभयो । उहाँले मंसिर भित्रमा काम सम्पन्न गरिने बताउनुभयो । उहाँका अनुसार अहिले ३३ मिटरका मास्ट (पोल) र १०८ वटा लाईट ल्याईसकिएको बताउनुभयो ।

लकडाउनले भारतबाट आवश्यक निर्माण सामग्री ल्याउन समस्या भएपछि पछिल्लो पटक पुस २८ गते सम्मको समय सीमा दिइएको सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद शाखा प्रमुख कोमल खड्काले बताउनुभयो । मन्त्रालयले फ्लड लाइट जडानका लागि ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको उहाँले बताउनुभयो ।

फ्लडलाईट जडानपछी रंगशालामा रात्रीकालिन खेल्समेत संचालन गर्न सकिनेछ ।

सम्बन्धित खवर