यी युट्युवरले लगाए कारमा आगो, हेर्दा–हेर्दै खरानी भयो २ करोडको मर्सिडिज (भिडियो सहित)

यी युट्युवरले लगाए कारमा आगो, हेर्दा–हेर्दै खरानी भयो २ करोडको मर्सिडिज (भिडियो सहित)

अचेल मान्छेले सामाजिक सञ्जालमा भाइरल हुन जुनसुकै हद पनि पार गर्न थालेका छन्। सामाजिक सञ्जाल फेसबुकदेखि युट्युबसम्म भाइरल हुने चाहनामा मान्छेले कुन हदसम्मको हर्कतहरू गर्न सक्दा रहेछन् त भन्ने कुराको उदाहण हुन रुसका एक चर्चित युट्यूबर।

मिखाइल लिटबिन नाम गरेका युट्युबरले हालसालै आफ्नो युट्युब च्यानलमा राखेको उक्त भिडियो भाइरल भएको छ। जसमा उनले करिब २ करोड बराबरको मर्सिडिज कार जलाएर खरानी बनाएका छन्।

ती युट्युबरले आफ्नो कार जलाएर खरानी बनाएकोसम्मको उक्त भिडियो आफ्नो च्यानलमा अपलोड गरेका छन्। उनले केही समय पहिला मात्रै एएमजी जी ६३ मोडलको नयाँ मर्सिडिज कार खरिद गरेको बताइएको छ।

जुन जम्मा १५ हजार किलोमिटर मात्रै गुडेको थियो। इञ्जिनमा बारम्बार समस्या देखिएपछि उनले उक्त कार जलाएको बताएका छन्। मिडिया रिपोर्टहरूका अनुसार ती व्यक्तिले पछिल्लो १० महिनामा कयौं पटक कार मर्मत गरिरहेका थिए। तर, बारम्बार कारमा समस्या देखिएपछि रिसको आवेगमा आएर उक्त कारमा पेट्रोल खन्याएर जलाएको बताएको छ।

करिब २ करोड बराबरको कार जलाएपछि उनले सञ्जालमा लेखेका छन्, ‘मैले धेरैपटक सोँचे, यो कारलाई मैले के गरौं, अन्त्यमा आगो लगाइदिने आइडिया दिमागमा आयो र सोही अनुरुप आगो लगाईदिएँ। मैले गरेको यसप्रकारको हर्कतबाट म खुशी चाहिँ छैन।’

कार जल्दैगर्दा मिखाइल मस्त मुद्रामा केही पर गएर रोस्ट पकाएर खाँदै थिए। युट्युवमा उनले अपलोड गरेको उक्त भिडियो ऐलेसम्म १ करोड ३९ लाखभन्दा धेरैले हेरेका छन्। उनको युट्युबमा ५० लाख ४० हजारभन्दा बढी सब्स्क्राइभर रहेका छन्।

सम्बन्धित खवर