सिरहामा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु, सिरहामा मृत्यु हुनेको संख्या १७ पुग्यो

सिरहामा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु, सिरहामा मृत्यु हुनेको संख्या १७ पुग्यो

राजेन्द्र महतो, लहान

सिरहामा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी ७२ वर्षीय पुरूषको कोरोनाबाट मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । उनको सोही दिन स्वाब लिएर परीक्षण गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको हो ।

मृतक पुरूष लामो समयदेखि दमका बिरामी रहेको बताइएको छ। योसँगै सिरहामा कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

सम्बन्धित खवर