इटालीमा १ रुपैँयामा पाइन्छ पुरै घर, अब खाजा खाने पैसाले पुग्छ घर किन्न

इटालीमा १ रुपैँयामा पाइन्छ पुरै घर, अब खाजा खाने पैसाले पुग्छ घर किन्न

मानिसहरुलाई एउटा राम्रो घर किन्न जीवनको अधिकांश कमाइ खर्च गर्नुपर्छ । जीवनभरको कमाइले घर किन्न नसक्नेहरु पनि धेरै छन् । तर, युरोपेली देश इटलीमा भने मात्रै १ युरो अर्थात १३८ नेपाली रुपैयाँमा सिंगै घर किन्न पाइएको छ । इटलीको सिसिली प्रान्तमा रहेको एउटा सानो शहरमा यति सस्तो मूल्यमा घर बेचिँदैछ । यो शहरको नाम सलेमी हो । यहाँ यति सस्तो मूल्यमा घर बेचिँदैछ भन्ने कुरा विश्वास गर्न निकै कठिन हुन्छ तर यो सत्य हो । र, यहाँ यति सस्तो मूल्यमा घर बेचिनुको पछाडि खास कारण छ ।

सीएनएनको एक रिपोर्ट अनुसार पछिल्ला केही वर्षहरुमा यहाँका साना साना बस्तीहरुमा जनसंख्या निकै तब्रि रुपमा घटिरहेको छ । यही कारण यी साना बस्तीहरुमा यति कम मूल्यमा घर बेचिँदैछन् । यो शहरका मेयर डोमेनिको भेनुटीले सीएनएनलाई बताएअनुसार यी सबै घरहरु सिटी काउन्सिलका हुन् र पछिल्लो अफरले यहाँका घर बिक्रीमा तीब्रता आउने अपेक्षा गरिएको छ । यहाँका घरहरु बिक्री गर्नको लागि सडक, विद्युत, पानी, ढलनिकास जस्ता आधारभूत सुविधाको मर्मत गरी सुधार गरिएको छ ।

विगत केही वर्षयता इटलीका कैयौं शहरका नागरिकहरु पलायन भइरहेका छन् र यसरी नागरिक पलायनको अत्याधिक मारमा परेको एक शहर सलेमी पनि हो । बिक्री गर्न लागिएका घरहरु यहाँ पहिले बस्ने बासिन्दाहरुले माया मारेर त्यसै छाडेर गएका घरहरु हुन् । यहाँका बासिन्दाले पलायन हुने क्रममा छाडेर गएका सम्पत्ति बेच्न पहिले नै कठिनाइ भइरहेका बेला अहिले कोरोनाभाइरसको महामारीले झनै कठिनाइ थपेको छ ।

सम्बन्धित खवर