सिरहामा हतियार र लागू औषध सहित दुई युवक पक्राउ

सिरहामा हतियार र लागू औषध सहित दुई युवक पक्राउ

राजेन्द्र महतो, लहान

सिरहामा हतियार र लागू औषध सहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले बिहिबार कर्जनहा नगरपालिका २ बन्दीपुर स्थित स.७ प.२५५३ नम्बरको मोटरसाइकलमा चेकजाँच गर्ने क्रममा हतियार र लागुऔषध फेला परेको हो ।

मोटरसाइकलमा सवार कर्जन्हा नगरपालिका २ बन्दीपुरका २२ वर्षीय युवक डिम्पल यादवको साथबाट हतियार र लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनीहरूको साथबाट बरामद भएका हतियार, लागू औषध र प्रयोग भएका गाडीसमेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर