धानबारीमै बलत्कार गरे वडा सदस्य गनगाइले

धानबारीमै बलत्कार गरे वडा सदस्य गनगाइले

मोरङ, मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ का वडासदस्य विनोद सिंह गनगाइँले धानबारीमै बलत्कार गरेका छन् । खेतमा काम छ आउनु भनेर बोलाएर जबरजस्ती गरेका गनगाई पक्राउ परेका छन् ।

३९ वर्षीय गनगाईले सोही वडाकी २५ वर्षीय एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ । गनगाईले कार्तिक ९ गते एक महिलालाई धान खेतमा जबरजस्ती करणी गरेको आरोप रहेको प्रहरीले जनाएको छ । प्रहरीले लिएको बयानका अनुसार गनगाईले राती करिब ७ः३० बजे खेतमा काम छ आउनु भनी बोलाएर धान खेतमा लडाएर कराउन समेत नदिई जबरजस्ती कपडा खोली करणी गरेर गनगाई फरार भएका थिए ।

गनगाईलाई प्रहरीले सोही रात करिब ११ बजे राती पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर