प्रदेश १ मा १३४ कोरोना संक्रमित थपिए, आजै ७० जना डिस्चार्ज

प्रदेश १ मा १३४ कोरोना संक्रमित थपिए, आजै ७० जना डिस्चार्ज

विराटनगर, प्रदेश १ मा बिहीबार १३४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १/१ जना, मोरङको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १/१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको भद्रपुर र विर्तामोडमा ८/८, मेचीनगर र कनकाईमा ३/३, शिवसताक्षीमा २, बुद्धशान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १/१ र स्थानीय तह नखुलेका ३, तेह्रथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८ हजार ३८४ पुगेको छ ।

प्रदेश १ मा बिहीबार ७० जना डिस्चार्ज भएका छन् । कालि सदन आईसोलेसन र मारवाडी सेवा सदन आईसोलेसनबाट २५/२५, बैजनाथपुर आईसोलेसन र विराट मेडिकल कलेजबाट १०/१० जना डिस्चार्ज भएका हुन् । हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा बिहीबार ४४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५६ हजार ९८८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर