बार्सिलोनाले युभेन्ट्सलाई २–० ले हरायो

बार्सिलोनाले युभेन्ट्सलाई २–० ले हरायो

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्ट्सलाई हराएको छ ।

बुधबार राति समूह जीको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन महारथी युभेन्ट्सलाई २–० ले हराएको हो ।

बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले एक एक गोल गरे ।

शनिबार एल–क्लासिकोमा रियल मड्रिडसंग ३–१ ले पराजित बनेपछि पहिलो पटक बार्सिलोना मैदान उत्रिएको थियो ।

क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउ सहितका बोर्ड सदस्यले राजीनामा दिएपछि बार्सिलोना टुरिन भ्रमणमा निस्किएको थियो ।

समूह चरणको ड्र सार्वजनीक हुने बित्तिकै धेरैले यस खेललाई मेस्सी र रोनाल्डोको भिडन्तको रुपमा ब्याख्या गरेका थिए ।

दुवै खेलाडी करिब दुई वर्षपछि आपसमा भिड्ने तय भएको थियो । तर कोरोना भाइरसको संक्रमण देखिएपछि रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाएका थिए ।

युभेन्ट्सका मुख्य फरवार्ड अल्भारो मोराटा गोल गर्न चुकेको खेलमा युभेन्ट्सले घरेलु मैदानमा हारको नतिजा ब्यहोर्यो । दोस्रो हाफमा मोराटाले गरेको गोललाई रेफ्रीले भिडियोको सहायतामा अफसाइड दिएका थिए ।

सोही समूहको अर्को खेलमा डायनामो किभ र फेरेन्किोव्रोसी टीसीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

बार्सिलोना २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युभेन्ट्सको तीन अंक छ । डायनामो किभ र फेरेन्किोव्रोसीले एक एक अंक जोडेका छन् ।

सम्बन्धित खवर