रवि र निकिता लामिछानेलाई पनि कोरोना पुष्टि

रवि र निकिता लामिछानेलाई पनि कोरोना पुष्टि

पत्रकार रवि लामिछाने र उनकी श्रीमती निकिता (पौडेल) लामिछानेलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । मंगलबारबाट सामान्य ज्वारो आएपछि पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको रविले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

हाल दुवैजनाको अवस्था सामान्य रहेको पनि रविले जानकारी दिएका छन् । घरमा दुईजना मात्रै रहेकाले अरुलाई सर्ने सम्भावना पनि नरहेको र घरमा वृद्ध वृद्धा, बालबालिका हुनेहरुले निकै सावधानी अपनाउन पनि रविले अनुरोध गरेका छन् ।

सम्बन्धित खवर