प्ले अफको खेल तालिका सार्वजनिक

प्ले अफको खेल तालिका सार्वजनिक

एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफ पछिको खेल तालिका सार्वजनिक भएको छ ।

आईपीएलले आइतबार प्ले अफ पछिको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक भएको तालिका अनुसार पहिलो क्वालिफायर नोभेम्बर ५ मा दुबईमा हुनेछ । पहिलो क्वालिफायरमा लिग चरणमा पहिलो र दोस्रो हुने टिम भिड्ने छन् ।

पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ ।

दोस्रो क्वालिफायर नोभेम्बर ८ मा अबुधाबीमा हुनेछ । दोस्रो क्वालिफायरमा खेल्ने अर्को टिम इलिमिनेटरको विजेता हुनेछ ।

लिगको तेस्रो र चौंथो हुने टिमबीचको इलिमिनेटर नोभेम्बर ६ मा अबुधाबीमा हुनेछ ।

दोस्रो क्वालिफायरमा जित निकाल्ने टिमले फाइनलमा स्थान बनाउने छन् ।

आईपीएलको फाइनल खेल दुबईमा नोभेम्बर १० मा हुनेछ ।

सम्बन्धित खवर