थप ७ जनामा कोरोना, आआफ्नो घरमै रहेर पर्व मनाउन अनुरोध

थप ७ जनामा कोरोना, आआफ्नो घरमै रहेर पर्व मनाउन अनुरोध

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
पछिल्लो पटक क्वारेन्टिनका १२ र कन्ट्रयाक ट्रेसिङमा परेका समुदायका १२ गरी २४ जनाको स्वाबको नमूना परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । प्रदेश प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा समुदायका ५ र क्वारेन्टिनका २ जनामा कोरोना देखिएको हो ।
जसमा वडा नम्बर १ का २ पुरुष, ९ का ३ पुरुष र उर्लावारी ठेगाना भएका १ महिला र १ पुरुषमा कोरोना देखिएको रिपोर्टमा उल्लेख छ ।
त्यसमा पनि यसअघि संक्रमित देखिएका ६ जनाले पुन स्वाब दिएकामध्ये १ जनामा पुन संक्रमण नै देखिएको छ ।

नगरमा कोरोना संक्रमण दिनदिनै बढेपछि नगर प्रमुख दिलीपकुमार राईले दशैंतिहार, छैट लगायतका चाडपर्वका बेला झनै बढी स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गर्नुभएको छ । कोरोनाको बढ्दो संक्रमणका कारण भीडभाड नगरी परम्परा धान्ने हिसावले मात्र आआफ्नो घर घरमै बसेर चाडपर्व मनाउनु पर्ने वाध्यता रहेको सुझाउनु भएको छ । अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर आफुपनि बच्न र अरुलाई पनि बचाउन उहाँको आग्रह छ । दशैंको विदाको समयमा कोरोना जाँचको अवस्था समेत असहज हुने हुँदा भौतिक दूरी कायम गर्दै अनिवार्य रुपमा मास्क लगाउने, साबुनपानीले हात धुने र सेनिटाइजर लगाएर स्वास्थ्य सतर्कता अपनाउन थप आग्रह गर्नुभएको छ ।

सम्बन्धित खवर