प्रदेश १ मा आज ४६० कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज ४६० कोरोना संक्रमित थपिए

विराटनगर, प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६२, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, ते¥हथुममा ३, धनकुटा र खोटाङमा २/२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

विराटनगरमा १३५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन् । मोरङको पथरी शनिश्चरेमा ३८, कटहरीमा २३, सुनवर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैँचामा १/१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहवीमा १/१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उता झापाको विर्तामोड र भद्रपुरमा १०/१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बा¥हदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ ।

उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, संखुवासभाको मादीमा ४, ते¥हथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा १/१ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ४६८ पुगेको छ ।

प्रदेश १ मा आज ४८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४७९, जिल्ला अस्पताल धनकुटाबाट ८ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म ७ हजार ११३ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ५८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६० महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५२ हजार ५९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर