पथरी शनिश्चरेकी उपप्रमुख विष्टलाई कोरोना पुष्टि

पथरी शनिश्चरेकी उपप्रमुख विष्टलाई कोरोना पुष्टि

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट (बाँस्तोला) लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । ७ दिन अगाडी स्वाव दिएर होम क्वारेन्टिनमा रहेकी विष्टलाई आज आएको रिपोर्ट अनुसार कोरोना पोजेटिभ देखिएको हो ।

नगरका कर्मचारी, उहाँकै सवारी चालकमा समेत कोरोना पोजेटिभ देखिएपछि विष्टले स्वाव दिएर क्वारेन्टिनमा रहनुभएको थियो । आजको आएको रिपोर्टमा आफुलाई कोरोना पोजेटिभ देखिएको विष्टले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो ।

सम्बन्धित खवर