अमरदहमा पनि बलत्कार विरुद्ध सडकमा प्रदर्शन

अमरदहमा पनि बलत्कार विरुद्ध सडकमा प्रदर्शन

अमरदह, मोरङको अमरदहमा पनि बलत्कार विरुद्ध सडकमा प्रदर्शन भएको छ । बुधबार सुनवर्षी २ मा रहेको बिरेन्द्र सार्वजनिक माविका विद्यार्थीहरुले न्याय माग्दै प्रदर्शन गरेका हुन् ।

‘सच्चा पुरुष नारिको सम्मान, बलत्कार मुक्त समाज हाम्रो अभियान’ नारा सहित अमरदह बजार आसपासमा सडक प्रदर्शन गरेका हुन् । कालो रंगको कपडा र कालो व्यानरमा देशैभर बलत्कार विरुद्धको अभियान चलिरहेको अवस्थामा छ । सोही क्रममा अमरदहमा पनि सरकार हामीलाई न्याय दे भन्दै युवतीहरु सडकमा निस्केका हुन् । सडकमा व्यानर राखेर ‘राज्य यो हो बलत्कारी, सानो तँ बलत्कारी’ बोलको गीतमा नृत्य गरेर दवावमुलक कार्यक्रम गरेका हुन् ।



सम्बन्धित खवर