पोखरा विश्वविद्यालयको राजिष्टारमा तिवारी

पोखरा विश्वविद्यालयको राजिष्टारमा तिवारी

लेखनाथ : पोखरा विश्वविद्यालयको रजिष्टारमा प्रा डा. विष्णुराज तिवारी नियुक्त भएका छन । केही दिन अगाडी मात्र विश्वविद्यालयमा नियुक्त भएका उप–कुलपति प्रा.डा. प्रेमनारायण अर्यालले तिवारीलाई वरिष्ठतम प्राध्यापकको आधारमा रजिष्टारमा नियुक्त गरेका हुन ।

करिब १ वर्षसम्म रिक्त रहेको पदमा राजनितिक भागवण्डाका आधारमा पोखरा विश्वविद्यालयमा काँग्रेसी कोटाबाट उप–कुलपति अर्याल नियुक्त भएका थिए ।

विश्वविद्यालयमा राजनितिक भाग वण्डाका आधारमा नेकपाको भागमा रजिष्टार पद रहे पनि केन्द्रबाट नाम सिफारीश भएर नआएको हुँदा हालका लागि तिवारीलाई निमित्त रजिष्टारको रुपमा अन्य व्यवस्था नभईञ्जेलसम्मका लागी जिम्मेवारी दिईएको हो ।

यस अघि पनि तिवारीले कार्यवाहक उप–कुलपतिरुपमा ९ महिना र रजिष्ट्रारको रुपमा ३ महिना जिम्मेवारी सम्हालेका थिए ।

सम्बन्धित खवर