सिरहामा महिला माथी कुटपिट तथा अभद्र व्यबहार

सिरहामा महिला माथी कुटपिट तथा अभद्र व्यबहार

राजेन्द्र महतो, लहान

सिरहाको औरही गाउँपालिका वडा नं २ तुलसीपुरमा एक महिलामाथि कुटपिट भएको छ। औरही गाउँपालिका वडा नं २ तुलसीपुर निवासी ३२ वर्षीया सुनिता देबी मण्डललाई स्थानीयवासी चार जनाले कुटपिट तथा अभद्र व्यबहार गरेका हुन्।

पुरानो झगडाको रिसीवीका कारण आफूलाई तुलसीपुरका श्याम सुन्दर यादव, राम कुमारी यादव, ललुवा यादव र गोपाल यादवको श्रीमतीले कुटपिट गरेको पीडित मण्डलले बताइन् । पीडित महिलाले जिल्ला प्रहरी कार्यालय सिरहामा सो विषयमा उजूरी दिएकी छिन् ।

उजुरीमा किटान भएअनुसार पुरानो रिसीइवीका कारण छिमेकीहरुले घरमै आएर गत असोज २७ गते विहान १० बजे कुटपिट गर्नुका साथै अभद्र व्यवहार गरेका थिए । घरको ढोकामा चुकुल लगाएर छिमेकीहरुले आफुले लगाएको लुगा समेत च्यातिदिएका हुन् ।

घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी भए कारवाही हुने जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।

सम्बन्धित खवर