कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु

विराटनगर : प्रदेश १ सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ ।

कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि प्लाज्मा थेरापी सेवा सुरु गरिएको हो ।

सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले प्लाज्मा दान गर्नुभएको छ । प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको जनाएको छ ।

अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरि ८० वटा वेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताउनुभयो । कोभिड अस्पतालमा लक्षणसहितका संक्रमितको उपचार हुने गरेको छ ।

अस्पतालबाट हालसम्म ४६१ जना डिस्चार्ज भएका छन् भने ६२ जना अहिले उपचाररत रहेका छन् ।

सम्बन्धित खवर