आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौंँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका समयमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म भए पनि सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ छ ।

काठमाडौँ उपत्यकामा ३०० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि भवन तथा जग्गा खोज्ने कार्यको शुरुआत भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

त्यसैगरी सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने जनाएको छ । सार्वजनिक स्थान तथा सार्वजनिक यातायातमा सुरक्षाका मापदण्ड कडाइका साथ लागु गर्न गराउन सम्बद्ध निकायलाई अनुरोध गरिने भएको छ ।

सम्बन्धित खवर