पछिल्लो २४ घन्टामा कोरोनाका कारण १८ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा कोरोनाका कारण १८ जनाको मृत्यु

काठमाडौं : सिम्टोम्याटिक कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको सरदर संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा १८ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका १८ जनासहित देशभर ६ सय ६३ जनाको कोरोना संक्रमणले ज्यान गएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५ सय ५६ जनासहित देशभर संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ७८ हजार ७ सय ८० जना निको भएर फर्किएका छन् ।

सम्बन्धित खवर