सवारी साधन दुर्घटना र बढी भाडा असुली रोक्न मोरङ प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना

सवारी साधन दुर्घटना र बढी भाडा असुली रोक्न मोरङ प्रहरीद्वारा यात्रु सहायता कक्ष स्थापना

विराटनगर : सवारी साधन दुर्घटना र बढी भाडा असुली रोक्न मोरङ प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वलाई लक्षित गरि प्रहरीले मोरङको चार स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरि सञ्चालन गपरएको हो ।

मोरङको विराटनगर बसपार्क, विराटचौक, पथरी शनिश्चरेको पूर्व बसस्टेण्ड र बेलबारीमा यात्रु सहायता कक्ष स्थापना गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । ‘चाडपर्वलाई लक्षित गरि यात्रु सहयता कक्ष संचालनमा ल्याएको हो,’ उहाँले भन्नुभयो, ‘प्रत्येक यात्रु सहायता कक्षमा चेकिङ्ग हुनेछ । यात्रुलाई बढी भाडा असुली गर्ने कारवाहीको दायरमा आउँछ ।’

क्षमताभन्दा बढी सार्वजानिक सवारी साधनमा यात्रु बोक्ने सवारी साधनलाई पनि कारवाहीको दायरमा ल्याउने प्रहरीले जनाएको छ । यात्रुहरुले कुनै समस्या भोग्नुपरेको खण्डमा यी चार स्थानमा रहेका सम्पर्क व्यक्तिमार्फत खबर गर्न सकिने सुविधासमेत रहेको डिएसपी राईले जानकारी दिनुभयो ।

क्षमताभन्दा बढी यात्रु राख्ने, द्रुत गतिमा सवारी साधन चलाउने, बढि भाडा लिने, चालक, सहचालक लगायत अन्य यात्रुहरूले मापसे गरेमा, कुनैपनि किसिमको दुव्र्यवहार वा हिंसा गरेमा, कोभिड–१९ को प्रोटोकल मापदण्ड भन्दा बढि यात्रु राखेको खण्डमा यात्रुहरुले सम्पर्क गर्न सक्नेछन् ।

सम्बन्धित खवर