गुडिरहेको बसमा आगलागी

गुडिरहेको बसमा आगलागी

धादिङ : धादिङको थाक्रेमा गुडिरहेको बसमा आगो लागेको छ ।

बिहान तीन बजे थाक्रे गाउँपालिका १ ढांडे सिम्लेमा बसमा आगो लागेको हो । ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । बसका चालक गोविन्द थापाले गुडिरहेको बेला अचानक आगो लागेको बताएका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताउनुभयो ।

बसमा लागेको आगो दमकलको सहयोगमा निभाइएको पनि उहाँले जानकारी दिनुभयो । आगो लागेको बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगो लाग्नुको कारण खुल्न नसकेको र थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर