महिला सक्रियतामा पोखराको लेकसाइडमा सडक निर्माण

महिला सक्रियतामा पोखराको लेकसाइडमा सडक निर्माण

पोखरा : पोखरा- ६ लेकसाइडमा महिला नेतृत्वमा निर्माण सडक निर्माण भएको छ । वषौदेखि निर्माण हुन नसकेको लेकसाइड स्थित दृष्टि मार्गको नामले परिचित सोनाम मार्गको सडक महिला नेतृत्वको सक्रियतामा निर्माण सम्पन्न भएको हो ।

स्थानीय जनप्रतिनिधि राममाया विश्वकर्माको पहलमा शुरु गरिएको उक्त सडक सरिता गिरी नेतृत्वको महिला समितिले सम्पन्न गरेको हो । उक्त बाटो निर्माण समितिमा सम्पूर्ण महिला छन् ।

बटो निर्माण समितिका अध्यक्ष गिरीले भन्नुभयो–दिनरात खटेर कोभिड-१९ को बीच सडक निर्माण ग¥यौं । सडक निर्माणका क्रममा स्थानीय केही विकास बिरोधीहरुले अवरोध सृजना गरेपनि त्यसलाई पन्छाउदै सडक निर्माण गर्न समिति सफल भएको दावी अध्यक्ष गिरीको छ ।

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले सडक निर्माणमा केही रकम प्रदेश सरकारबाट उपलब्ध गराएका थिए । ९० मिटरको सो ढलान सडक १० लाख रुपैयाँमा निर्माण गरिएको हो । प्रदेश सरकारबाट ३ लाख ५७ हजार र अन्य वडाबाट प्राप्त भएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । उक्त शसड शुक्रबार प्रदेश सभा सदस्य राजीव पहारीले गर्दै भन्नुभयो–पोखरालाई स्मार्ट सिटी बनाउने हो भने त्यसको शुरुवात लेकसाइडबाट गर्नुपर्छ ।

साथै उहाँले लेकसाइडका भित्र बाँकी रहेका अन्य कच्ची बाटोपनि २ वर्षभित्र निर्माण गरिसक्ने पहारीकोउद्घोष छ । पोखरा महानगरपालिका वडा नम्बर ६ का कार्यवाहक वडाध्यक्ष हरि पहारीले विकासमा अवरोध गर्न खोज्नेहरुलाई राज्यले दिने सुविधाबाट बञ्चित गर्ने चेतावनी दिनुभयो ।

सम्बन्धित खवर