डा. बाबुराम भट्टराईले जनयुद्धका शहीदहरूसँग माफी मागे

डा. बाबुराम भट्टराईले जनयुद्धका शहीदहरूसँग माफी मागे

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले जनयुद्धका शहीदहरूसँग माफी मागेका छन् । पूर्वप्रतिबद्धता अनुसार जाति, भाषा र पहिचानका आधारमा प्रदेशहरूको नाम राख्न नसकेको भन्दै भट्टराईले शहीदहरूसँग माफी मागेका हुन् ।

‘हिजो मगरात, तमुवान, ताम्सालिङ, नेवाः स्वायत्त प्रदेशका पदाधिकारी अहिले महेन्द्रपथका अवतार श्री ७ खड्गप्रसादको आदेश पालना गर्दै लुम्बिनी÷गण्डकी, बागमती नाममा टेबल ठटाइरहेको देख्दा भूपीको याद आयो– मरेर शहीद हुनेहरू हो बाँचेर त हेर बाँच्न झन् गाह्रो छ’ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘सरी, लली, सुरेश वाग्ले…।’

भट्टराईले जातिका आधारमा भारत र अमेरिकामा राखिएका प्रदेशका उदाहरण दिँदै राज्य टुक्रिने तर्कको खण्डनसमेत गरेका छन् ।

‘हाम्रा प्रदेशका नाम नदी, भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति र भाषाको पहिचानमा राख्न नहुने ? यो कहाँको मार्क्सवाद,लोकतन्त्र र संघीयता हो ?,’ भट्टराईले आक्रोस पोखेका छन्, ‘अमेरिकामा Alaska,Arizona,Utah आदि, भारतमा तामिलनाडु, बंगाल, पंजाब आदि अधिकांश जाति र भाषाका नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने ?’

सम्बन्धित खवर