३२ वर्षीय महिलालाई ४ जनाले गरे सामुहिक बलत्कार

३२ वर्षीय महिलालाई ४ जनाले गरे सामुहिक बलत्कार

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाकी ३२ वर्षीया महिला माथि सामुहिक बलात्कार भएको छ । असोज १५ गते राति चार जना पुरुषहरुले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् ।

जुगल ३ बाट बजार जलबिरे किनमेल गर्न आएकी महिलालाई मादकपदार्थ सेवन गरेका चार जना पुरुषले सामुहिक बलात्कार गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकास सापकोटाले जानकारी दिनुभयो ।

बजारबाट घर फर्किदै गरेकी महिलालाई मोटरसाइकलमा आएका व्यक्तिहरुले घर पुर्याइदिन्छुु भनेर कातिके माथि मञ्ने भन्ने ठाउँमा बोलेरमा लगेर बलात्कार गरेको पाइएको सापकोटाले बताउनुभयो ।

घटनामा संलग्न ४ जनामध्ये दुई जनाको पहिचान खुलेको छ । पहिचान खुलेका दुई जना स्थानीय नै रहेका छन् । प्रहरीका अनुसार उनीहरुको खोजी कार्य भइरहेको छ ।

उनी विवाहित रहेको र उनको सन्तानसमेत रहेको प्रहरीले जनाएको छ । उनी मानसिक रुपमा निकै विक्षिप्त भएको र अहिले उनी प्रहरीको संरक्षणमा रहेको बताइएको छ । इमेज खबरबाट

सम्बन्धित खवर