जानकी माध्यमिक विद्यालयको निर्माणाधिन भवनको अनुगमन

जानकी माध्यमिक विद्यालयको निर्माणाधिन भवनको अनुगमन

पोखरा : पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित दुई सय ८० जना विद्यार्थी अध्ययनरत जानकी माध्यमिक विद्यालयको निर्माणाधिन भवनको अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समिति कास्कील नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) को ७४ लाख ३५ हजार रुपैयाँको लागतमा निर्माणधिन भवनको समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, जिल्ला आयोजना कार्यान्वय इकाई (शिक्षा) प्रमुख लालप्रसाद पोख्रेल, जनप्रतिनिधिहरु समेतले संयुक्तरुपमा अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले गुणस्तरीय विकास निर्माणका लागि स्थानीयको सकृयतामा जोड दिए । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख लालप्रसाद पोख्रेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक, विद्यार्थी एवम् व्यवस्थापन समितिको महत्वपूर्ण भूमिका रहने बताए । भूकम्प पश्चात कास्की जिल्लामा दुई अर्ब रुपैयाँ भन्दा बढी रकमको लागतमा विद्यालयको भौतिक संरचना निर्माण भई रहेको जानकारी उनले दिए ।

पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष तिर्थराज अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम भण्डारी, निर्माण समितिका संयोजक नगेन्द्र गुरुङ, प्रधानाध्यापक अर्जुन कडेल लगायतले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा एवम् भौतिक विकासमा स्थानीय श्रोत साधनको भरपुर उपयोग गरिँदै आएको बताएका थिए ।

सम्बन्धित खवर