समर्थक भेट्न डोनाल्ड ट्रम्प अस्पताल बाहिर

समर्थक भेट्न डोनाल्ड ट्रम्प अस्पताल बाहिर

एजेन्सी : कोरोना भाइरसबाट केही दिनयता संक्रमित बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पताल बाहिर समर्थक भेट्न निस्किएका छन्।

वाल्टर रिड नेसनल मिलिटेरी मेडिकल सेन्टर अस्पतालमा उपचाररत उनी आफ्ना समर्थकलाई आश्चर्यमा पार्न बाहिर निस्किएको बताइएको छ।

आइतबार उनले आश्चर्यजनक भ्रमण गर्ने भनेर ट्वीट गरेको केही क्षणमै उनी कारभित्र मास्क लगाएर हात हल्लाउँदै गरेको देखिएका थिए।

डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमबार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका छन्। हाल ट्रम्पले अस्पतालबाटै सरकारको काम गरिरहेका छन्।

सम्बन्धित खवर