कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

कपिलवस्तुमा चार लाख भारुसहित एक पक्राउ

कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नाकाबाट सशस्त्र प्रहरी बलले अवैधरूपमा भित्र्याइएको चार लाख भारतीय रकमसहित एक जनालाई पक्राउ गरेको छ । नेपाल बोर्डर आउट पोष्ट कृष्णनगर कपिलवस्तु प्रमुख सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको नेतृत्वमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नं २ बस्ने ५४ वर्षीय पप्पु गुप्तालाई नियन्त्रणमा लिएको शनिबार जानकारी दिनुभयो ।

विशेष सूचनाको आधारमा जाँच गर्दा निजले लुकाइ ल्याउँदै गरेको  चार लाख भारतीय अवैध रकम बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीले जानकारी दिनुभयो ।

बरामद गरिएको रकममा ५०० दरका ४०० थान र दुई हजारको नोट १०० थान गरी भारु चार लाख रहेको छ । उक्त भारुको नेपालमा छ लाख ४० हजार हुन्छ । पक्राउ परेका गुप्तालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर