रासायनिक मल विक्री वितरणका लागि सूचना

रासायनिक मल विक्री वितरणका लागि सूचना

पथरी, मोरङको पथरी शनिश्चरे नगरभित्र कृषकका लागि आवश्यक रासायनिक मल विक्री वितरण गर्न इच्छुक कृषि सहकारी, कृषि फर्म, कृषक समूह वा कम्पनीले ७ दिनभित्र नगरमा निवेदन पेश गर्न सूचना प्रकाशित गरिएको छ ।

रासायनिक मल वितरण व्यवस्थापन निर्देशिका २०७७ को परिच्छेद ३ को धारा १५ अनुरुप नगरमा मल विक्रेता छनौट गर्न नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वको स्थानीय समितिको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकबाट नगरका वडाहरुमा मल विक्री वितरणका लागि कृषि सहकारी, कृषि फर्म, कृषक समूह वा कम्पनीले ७ दिनभित्र नगरमा निवेदन पेश गर्न आव्हान गर्ने निर्णय भएको समितिकी सदस्य सचिव कृषि शाखा प्रमुख सावित्रा कार्कीले जनाउनु भयो ।

३ सदस्यीय समितिमा नगर उपप्रमुखको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर