पार्टीमा भित्रका विवाद तत्काल समाधान गर्न देउवालाई पौडेल पक्षको आग्रह

पार्टीमा भित्रका विवाद तत्काल समाधान गर्न देउवालाई पौडेल पक्षको आग्रह

काठमाडौं : नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई पार्टीमा देखिएका विवादित विषयलाई तत्काल समाधान आग्रह गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा ज्ञापन पत्र दर्ता गर्दै पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठक अघि समायोजन प्रक्रिया, सदस्यता नवीकरण, वितरण लगायतका विषयलाई तत्काल निकास दिन माग गरेको हो ।

ज्ञापनपत्रमा आगामी १९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठक अघि महाधिवेशनका सबै विषयमाथिको अन्यौल चिर्न आवश्यक रहेको उल्लेख छ ।

कांग्रेसमा नेतृत्व विवादका कारण प्रदेश २ का सबै जिल्ला तथा सिन्धुपाल्चोक, काभ्रे र मुस्ताङको समायोजन प्रक्रिया अघिबढ्न नसकेको संस्थापन इतर पक्षेको दावी छ । पार्टी सदस्यता, नविकरण, वितरणको काम ठप्प छ ।

ज्ञापन पत्रमा विभागमा मनोमानी नियुक्ति, विधान विपरित भ्रातृ संगठनमा नियुक्ती लगायत कार्य समेत तत्काल रोक्न माग गरिएको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला लगायत २७ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेको सो पत्रमा नेता कृष्ण सिटौला पक्षीय नेताको भने समर्थन छैन ।

सम्बन्धित खवर