चेन्नईलाई ४४ रनले हराउँदै दिल्ली क्यापिटल्स शिर्ष स्थानमा

चेन्नईलाई ४४ रनले हराउँदै दिल्ली क्यापिटल्स शिर्ष स्थानमा

इन्डियन प्रिमियर लिग क्रीकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई ४४ रनले पराजित गरेको छ।

दुबईमा जारी प्रतियोगितामा दिल्लीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १७५ रन बनाएको थियो ।

उसका लागी ओपनर पृथ्वी साहले ६४,शिखर धवनले ३५,रिशभ पन्तले ३७ तथा श्रेयस अयरले २६ रनको योगदान दिएका थिए ।

चेन्नईका लागी पियुस चावलाले २ तथा साम कुरानले १ विकेट लिएका थिए।

१७६ रनको ठुलो लक्ष्य पछ्याएको चेन्नईको ब्याटिङ चल्न नसक्दा उसले २० ओभरमा ७ विकेट गुमाएर १३१ रनमात्र बनाउन सक्यो। यो सगै चेन्नई दिल्ली सामु ४४ रनको फराकिलो हार व्योहोर्न पुग्यो।

चेन्नईका लागी दक्षिण अफ्रिकाको फाफ डु प्लेसिसले सर्वाधिक ४३ रन बनाए भने केदार जाधव २६ तथा महेन्द्र सिंह धोनिले १५ रन बनाए।

चेन्नईलाई सस्तैमा समेट्न दिल्लीका दक्षिण अफ्रिकी पेस वलर कागिसो राबादाले ४ ओभरमा २६ रन खर्चंदै ३ विकेट लिए भने एनरिच नोर्ट्जेको नाममा २ तथा अक्सर पटेलको नाममा १ विकेट रह्यो।

यो सगै दुई खेलमा दुई जित निकालेको दिल्ली क्यापिटल्स तालिकाको शिर्ष स्थानमा छ।तिन मध्ये दुईमा हार व्योहोरेको चेन्नई पाँचौ स्थानमा छ।

आइपियल अन्तर्गत आज राती कोलकाता नाइटराइडर्स तथा सनराइजर्स हैदराबाद बीच खेल हुनेछ।

सम्बन्धित खवर