प्रयोग भइसकेका कण्डम पूनः बिक्री गर्ने महिला पक्राउ

प्रयोग भइसकेका कण्डम पूनः बिक्री गर्ने महिला पक्राउ

एजेन्सी, भियतनाममा प्रयोग भइसकेको कण्डम विभिन्न उपाय अपनाएर पूनः बिक्री गर्ने महिला पक्राउ परेकी छन् । उनलाई भियतनाम प्रहरीले गैरकानुनी रुपमा प्रयोग भइसकेको कण्डम पूनः बिक्री गरको आरोपमा पक्राउ गरेको हो ।

ठूलो परिमाणमा गैरकानुनी रूपमा बिक्रीका लागि राखिएको कण्डम बरामद गरिएको प्रहरीलाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ । जुन कण्डम पहिले नै प्रयोग भइसकेका छन् । स्थानीय समाचार माध्यमहरुले प्रयोग भइसकेका कण्डम पूनः बेच्नका लागि ३ लाख २० हजारको संख्यामा राखिएको बताएका छन् ।

जो ती समाचारहरुका भिडियोमा समेत देख्न सकिन्छ । पक्राउ परेकी महिला सो कण्डम बिक्री पसलका मालिक रहेकी छन् । उनले एक गोदाममा त्यस्ता प्रकारका कण्डम भण्डारन गरेर बिभिन्न पसलमा बेच्ने गरेको प्रहरीले पाएको सूचनाको आधारमा छापा मार्दा फेला परेको हो । जुन स्थान भियतनामको दक्षिणी बन द्युङ्ग प्रान्तमा पर्दछ ।

पूनः प्रयोग गर्ने अवस्थामा यसरी ल्याइन्थ्यो

पक्राउ परेकी महिलाले प्रहरी समक्ष दिएको बयानअनुसार कम्पनीले पहिला नै प्रयोग भएको कण्डम जम्मा गरेर पखालिन्थ्यो र तातोपानीमा उमालिन्न्थ्यो । त्यसपछि लिङ्ग आकारको काठको ठूटामा हालेर सेलाइन्थ्यो । त्यसपछि पूनः नयाँ प्याकेटमा राखिन्थ्यो ।

उनले अज्ञात व्यक्तिहरुबाट प्रयोग भइसकेको कण्डम लिने गरेको बताइएको छ । उनले यस्ता खालका कण्डम कति परिमाणमा बेचिन् भन्ने बारेमा प्रष्ट जानकारी आइनसकेको प्रहरीको भनाइ छ । यद्यपि उनले केजीको ०.१७ अमेरिकी डलरमा बेच्ने गरेको भने खुलेको छ । बीबीसी

सम्बन्धित खवर