सुवारेजले बार्सिलोना छाड्ने पक्का

सुवारेजले बार्सिलोना छाड्ने पक्का

 

बार्सिलोना फुटबल क्लबबाट व्यवसायीक फुटबल खेलिरहेका युरुग्वेलि स्टार लुइस सुवारेजले बार्सिलोना छाड्ने पक्का भएको छ।

लुइस सुवारेजका प्रतिनिधि तथा बार्सिलोना फुटबल क्लबका अध्यक्ष बीचको छलफल पछि सुवारेज ६ मिलियन युरोमा बार्साको चिरपरिचित प्रतिद्वन्द्वी एट्लेटिको मड्रीडमा जाने निश्चित भएको हो ।

लिभरपुलबाट २०१४ को सिजनसगै बार्सिलोना आएका सुवारेजले बार्साको जर्सिमा २८३ पटक मैदानमा उत्रिदै १९८ गोल गरेका छन् ।

यसक्रममा उनले बार्सिलोनाबाट एउटा च्याम्पियन्सलिग, चार ओटा ला लिगा उपाधि तथा एक फिफा क्लब विश्वकप सहित १३ उपाधि जित्न सफल रहे।

अघिल्लो सिजन च्याम्पियन्स लिग फुटबलमा बार्यन म्युनिखसग ८-२ को लज्जास्पद हारपछि नयाँ प्रशिक्षकको रुपमा रोनाल्ड कोयमान आएसगै सुवारेजलाई आफ्नो योजनामा सामेल नभएको उनले जानकारी गराएका थिए।

यो सगै नयाँ क्लबको खोजीमा रहेका सुवारेजले एट्लेटिको मड्रीडबाट आफ्नो खेल देखाउने चुनौती लिने भएका छन् ।

सम्बन्धित खवर