नाडेप यसरी ठग्दै छ मान्छे, सदस्य नै नभएका मान्छेका नाममा पनि ऋण

नाडेप यसरी ठग्दै छ मान्छे, सदस्य नै नभएका मान्छेका नाममा पनि ऋण

झापा, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ठगी धन्दा चलाएको बाहिर आएको छ । मुख्य कार्यालय धादिङको गजुरीमा रहेको नाडेपको विर्तामोड उप शाखा कार्यालयले ठगी गरेको बाहिर आएको हो ।

८ वर्ष अघि झापाको बाह्रदशी गाउँपालिका ६ काँक्रामारीकी देवका संग्रौलाले नाडेपबाट ५० हजार ऋण लिएको र सो ऋण ५ वर्ष अगाडी नै चुक्ता गरेको बताइन् । ५ वर्ष अघि चुक्ता गरेको ऋण अझै नाडेपमा तिर्न बाँकी रहेको भन्दै ताकेता गरेपछि संग्रौला आफै अचम्ममा परेको बताइन् ।

नाडेपमा आवद्ध रहेर १५ वर्ष सम्म नियमित बचत गरेको खण्डमा बचत रकमको दोब्बर पाइने भनिएको थियो तर आफु अमेरिका जाने भएपछि नियमित बचत हुन नसकेपनि ऋण भने चुक्ता गरेको संग्रौलाले बताइन् । अहिले संग्रौलाका नाममा
२२ हजार बचत र १ लाख ७५ हजार ऋण रहेको देखिएको छ । आफुले लगेको ऋण कुन मितिमा लगेको र कागजात के के छन् भनेर हेर्न माग्दा संस्थाले केही पनि नदेखाएपछि आफुलाई ठगेको संग्रौलाले बताइन् ।

संग्रौला मात्रै हैन बाह्रदशी ६ कै डिल्लीराम कँडेलको पनि समस्या उस्तै छ । कँडेलकी श्रीमती कल्पनाले नाडेपबाट लिएको सबै ऋण चुक्ता गरेर ४ वर्षअघि संस्था छाडेको बताइन् । ४ वर्ष अघि छाडेको संस्थामा अझै २ लाख ऋण देखिएको कँडेलले बताइन् । संस्थामा आउनजान टाढा भएपछि ४ वर्षअघि छाडेको संस्थामा अझै ऋण देखिएपछि खोज्दै जाँदा किर्ते हस्ताक्षर गरेर संस्थाले ऋण देखाएको भन्दै कँडेल दम्पतीले गुनासो गरे ।

जग्गा धितो राखेर नाडेपबाट ऋण लिएको र पछि ऋण चुक्ता गरेर जग्गा समेत फुकुवा भइसक्दा पनि अन्य २ जनाका नाममा ७÷८ लाख रुपैँया ऋण देखिएको कँडेलेल बताइन् जग्गा फुकुवा भएर बैंकबाट ऋण लिने तयारी भयो तर यता नाडेपमा अझै ऋण देखिन्छ ।

यतिमात्रै हैन ७ वर्ष अगाडी विहिबारे छाडेकी राधा उप्रेतीका नाममा पनि नाडेपमा १ लाख ३६ हजार ऋण देखिन्छ । समुहको कारोबार छाडेको त धेरै भयो, संस्थामा आउजाउ नभएको नै ५ वर्ष भयो । साथिहरुले ऋण छ भनेको सुनेपछि संस्थामा आउँदा त १ लाख ३६ हजार ऋण छ उप्रेतीले बताइन् ।

अहिले सदस्यहरुले ऋणको कागजात देखाउन भन्दै कार्यालय घेराउ गर्ने गरेका छन् । कार्यालयका कर्मचारीले भने फायल नै गाएब गराएको भनेपछि झन समस्या हुने देखिएको छ ।

यता संस्थाका उप शाखा प्रमुख राजेन्द्र खतिवडाले आफु १ महिना अगाडी मात्रै आएकाले यस विषयमा बुझ्ने काम भइरहेको बताए । शाखा अन्तरगत १ सय २८ वटा केन्द्रमा १६ सय सदस्य रहेको र ९३ नम्बरको केन्द्रमा यस्तो समस्या देखिएको बताए । गत मंसिरमा केन्द्र नम्बर ९३ मा मात्रै २० लाख ऋण लगानी गरेको देखिएको खतिवडाले बताए । तत्कालिन शाखा प्रमुख डम्बर राजवंशीले कागजात बनाएर ९३ नम्बर केन्द्रका १० जना भन्दा वढिको नाममा २० लाख ऋण लगानी गरेको देखिएको छ । गत पौष महिनामा नै राजवंशीलाई निलम्बन गरेर छानवीन भइरहेको खतिवडाले बताए ।

सम्बन्धित खवर