आईपीएल आजदेखि सुरु

आईपीएल आजदेखि सुरु

काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ ।

यूएईको आबुधाबीमा पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उप(विजेता चेन्नई सुपर किङ्सबीचको खेल हुनेछ । मुम्बई र चेन्नईबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ । दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । मुम्बई रोहित शर्मा र चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छ ।

गएको सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई हराएको थियो । कोरोना सङ्क्रमण जोखिमका कारण यसपालिको आईपीएलमा विगतमा जस्तो उद्घाटन समारोह गरिने छैन । दर्शकबिनाको रङ्गशालामा खेल हुनेछ । आईपीएल ६ महिना ढिला सुरु हुन लागेको हो । यसअघि गएको मार्च २९ मा आईपीएल सुरु हुने भनिएको थियो ।

आईपीएलको लिग चरण नोभेम्बर ३ मा सकिनेछ । फाइनल नोभेम्बर १० मा हुनेछ ।

सम्बन्धित खवर