दिनेश सञ्चारगृहमा भएको आक्रमण र कुटपिटको घटनाप्रति भत्र्सना

दिनेश सञ्चारगृहमा भएको आक्रमण र कुटपिटको घटनाप्रति भत्र्सना

नेपाल पत्रकार महासङ्ले समाचारको विषयलाई लिएर धनगढीस्थित दिनेश सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकारमाथि कुटपिटको घटनाप्रति भत्र्सना गरेको छ । “प्रकाशित समाचार चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो, महासङ्घ प्रेसमाथि गरिएको यो ज्यादतीको कडा शब्दमा भत्र्सना गर्दछ”, महासङ्घद्धारा आज जारी विज्ञप्तीमा भनिएको छ ।

महासङ्घ कैलाली शाखाका अनुसार धनगढी थुनुवा कक्षभित्रै एक युवकले आत्महत्या गरेको विषयमा प्रकाशित समाचारलाई लिएर आज १५÷२० जनाको समूहले एक्कासि सञ्चारगृहभित्र प्रवेश गरी आक्रमण गर्दै उक्त समाचार डिलिट गर्न धम्क्याउँदै एफएमका सह–सम्पादक जनक विष्टलगायतका पत्रकारमाथि हातपात र कुटपिट गरेको थियो ।

घटनामा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन एवं पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर भई स्वतन्त्र र निर्वाहरुपमा काम गर्ने वातावरण निर्माण गर्नसमेत महासङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खवर