कोरोनालाई महिले यसरी जितेँ ः कोरोना संक्रमणको अवधिभर घरायसी उपचारको अनुभव

कोरोनालाई महिले यसरी जितेँ ः कोरोना संक्रमणको अवधिभर घरायसी उपचारको अनुभव

–विशाल घिमिरे

धेरैजना साथिहरुको अनुरोधमा मैले आफ्नो उपचारको अनुभवको सार संक्षेप यहाँ लेखेको छु । उपचारको लागि प्रमाणित केही मापदण्डहरु पनि होलान। कतिपय स्थानीय तहहरुबाट सिफारिस गरिएको आइसोलेसनमा रहँदाको खानपान र दैनिक ब्यवहारको तालिका सामाजिक सन्जालहरुमा पनि आइरहेका छन् । तिनैको आधार लिएर र साथी शुभचिन्तकहरुको सुझाब अनुसार यो २३ दिनको बसाईमा मैले बुझेको र अपनाएको मापदण्ड  (adapted standard) यहाँ लेखेको छु । म महानगरपालिकासंगको समन्वयमा आफ्नो आवासमा नै आइसोलेसन (होम आइसोलेसनमा) बसेको हुँ ।

यो रोगको प्रकृति र लक्षण ब्यक्ति अनुसार फरक फरक हुने गरेको पाइएको (अन्य संक्रमित ब्यक्तिहरुसङ्गको अनुभव आदान प्रदानबाट थाहा भएअनुसार) ले सबैलाई यहि ठिक हुन्छ भन्न सकिन्न । बिरामिको प्रकृति अनुसार आफ्नो नजिकको स्वास्थ्यकर्मीको सल्लाह बमोजिम गर्नहुन अनुरोध पनि छ ।

१. एकान्तबासमा पूर्णतः एक्लो बसाइ, खुला हावादार कोठामा आफ्नो सामान, भाँडा, कपडा, बाथरूम बिरामीको मात्र प्रयोगमा, अरुले उपयोग शेयर नगर्ने ।

२. बिहान तातो कागतिपानी र पसिना निस्क्जुन्जेल जुम्बा डान्स, केहिबेर तातोपानीको बाफको उपचार, स्वास्प्रस्वास लिने र छोड्ने अभ्यास, अदुवा मरिच सहितको कागतिचिया, गुर्जोको डाँठ, मरिच, तेजपात, दालचीनी, अदुवा, बेसार, सक्खर, ज्वानो, टिमुर, तुलसी नीम र पारिजातको पात, अश्वगन्धाको पाउडर, जेठिमधुको पाउडर मिसाएर पकाएको तातो सुप पटक पटक र आफुलाइ रुच्ने तातो खाना (मैले शाकाहारी खाना अपनाएँ) । सुरुको १० दिन जति त दैनिक ६ लिटर सम्म तातोपानी सेवन गरेँ ।

३. दिनभरिमा ३ पटक कागती र अदुवा मरिच कागति चिया वा माथी लेखिएको तातो सुप, सुरुको ८/१० दिनसम्म दिनको १ दाना अमला खाएँ, परिवार, साथि शुभचिन्तकहरु सङ्गको सकारात्मक फोनवार्ता ।

४. साँझमा पसिना निस्किउनजेल जुम्बा डान्स, केहिबेर तातोपानीको बाफको उपचार, स्वास्प्रस्वास लिने र छोड्ने अभ्यास, रुचि अनुसारको खाना, माथी लेखिएको तातो सुप, त्यो तातो सुप एकै पटक ठुलो भाँडामा पकाइराख्ने र समय समयमा निकालेर पिउने ।

५. बिहान र राती सुत्ने बेलामा एक चिम्टी धुलो बेसार राखेर एक गिलास तात्तातो दूध, शरिरलाई पूर्ण आराम पुग्नेगरी निन्द्रा प्राप्ती ।

६. इच्छानुसारको गीत सङ्गीत र भजन श्रवण, आफ्नो कोठा बाथरूम प्यासेजलाई स्यानिटाइजर झोल स्प्रे गरी साँझ बिहान डिसिन्फेक्सन सफाइ ।

७. सुरुको २ दिनसम्म ज्वरो आउदा र शरिरको ढाड जोर्नीहरु दुख्दा बिहान बेलुकी फ्लेक्सन (Flexon) १/१ चक्कि, करिब ७/८ दिनसम्म खोकि लाग्दा पोलेको बोझोको जरा टुक्रा र जेठिमधुको डाँठको टुक्रा मुखमा राखी रस चुसिरहने, मह पनि उपयोगी हुने, (परिवारमा अरुले खाए, मेरो एलर्जिको कारण मह खाइन), खोकी लाग्न सक्ने हुनाले दहि महि र चिसो पानी वर्जित गरियो ।

८. कोरोना संक्रमण भएको २ दिन पछि देखि करिब १ साता नाकमा गन्ध र जिब्रोमा स्वाद हराउदो रहेछ, शून्य बराबर, केही नै थाहा नहुने । यतिसम्म कि मैले सन्चोको बिर्को खोलेर नाकैमा पसाउदा समेत कत्तिपनी गन्ध थाहा नहुने अनि खानाको त स्वादै थिएन । मात्र अलिअलि नुनिलो महसुस हुने । यतिबेला अलि अलि नूनरबिरेनून, कागती र अकबरे खुर्सानी अचारको रुपमा चाट्ने गरे । अनि बल्ल केही स्वाद मससुस हुन्थ्यो। पछि सन्चो हुँदै गयेपछी गन्ध र स्वाद फिर्ता आयो ।

९. बिचमा १ दिन पखाला लाग्यो तर औषधि नखाइ सन्चो भयो ।

१०. ज्वरो, खोकी र पखलाले गर्दा होला, करिब ३/४ दिनसम्म शरीर एकदम कमजोर र आलस्य भयेको महसुस गरे । कमजोरिले गर्दा होला, केही नगरी बस्दा पनि पसिना आइरहने । हुनत त्यस्बेला शरिरमा तातोपानीको आपूर्ति पनि धेरै थियो । पछि संक्रमणले छोडदै गएपछी यो सबै नर्मल हुँदै गयो ।

११. यस अवधिभर म, श्रीमती अन्जु जी (यसबिचमा टेस्ट नगराएपनि संक्रमणको लक्षणहरु देखिएर करिब १२ दिन बिरामी परेको) र कर्मचारी अच्युतमजी (आफु पनि संक्रमित हुनुभएको) ले मिलेर यी ब्यवस्थापन गरेर सबैले यसै अनुसार सङ्गै उपचार गरियो ।

१२. बजारको थप औषधि ः बिहान बेलुकी एक एक चम्चा च्यावनप्रास, भिटामिन सी (acetic acid) ट्याब्लेट र जिन्क (zinc) ट्याब्लेट एक एक चक्की बिहान बेलुकी, आयुर्वेदिक पसलबाट अश्वगन्धा र जेठी मधुको पाउडर, खोकी सन्चो गर्न आयुर्वेदिक कस्तुरी भूषण र कासामृत सिरप, जडिबुटी कम्पनिको सन्चो प्रयोग गरियो ।

१३. आफुसङ्ग शरिरमा अन्य रोग बिराम छैन् भने धेरै डराउनु पर्ने रहेनछ । मैले आफ्नो अन्य कुनै रोगबिराम भएको महसुस गरेको छैन् । मैले ओक्सिमिटर र थर्मामिटरबाट आफ्नो मापन नियमित गरिरहेको थिएँ ।

यो मेरो ब्यक्तिगत अनुभव हो । सबैमा यो उपचार, विशेष गरी बजारको औषधीको प्रकार र मात्रा, लागू नहुन सक्छ । आफ्नो समस्याको प्रकृति एवम् डाक्टरको सल्लाह अनुसार गर्नुहुन अनुरोध गर्दछु । यसबिचमा मेरो सुस्वास्थ्यको कामना गर्नुहुने सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दछु । हजुरहरु सबैमा सुस्वास्थ्यको शुभकामना ।

माथिको लेख तथा जानकारी मोरङ वन डिभिजनल अधिकृत विशाल घिमिरेले आफैले गरेको अनुभव हो । घिमिरे गत साउन २२ गतेको कोरोना परीक्षणमा पोजेटिभ पाइएपछि आइसुलेसनमा रहेर अहिले पूर्ण रुपमा ठिक हुनुभएको छ ।

सम्बन्धित खवर