पोखरा महानगर, कांग्रेसको महाधिवेशन र युवा ः बिकास थापा

पोखरा महानगर, कांग्रेसको महाधिवेशन र युवा ः बिकास थापा

बिकास थापा : प्रजातान्त्रिक अभ्यासमा प्रतिपक्षको भुमिका धेरै महत्वपुर्ण हुन्छ। सरल भाषामा प्रतिपक्षका केही महत्वपुर्ण भुमिका हुन्छन् जसले सत्ता चलाउनेलाई हेरीरहेको दृष्टिकोण समग्र विकासको बलियो आधार बन्ने गर्छ।

सत्तापक्षको कार्यशैली हरेर सचेतकको भुमिका निर्वाह गर्नु, सत्तापक्षलाई सत्ताको दुरुपयोग गर्न नदिनु र सबै भन्दा महत्वपुर्ण जनताको अधिकारको सुनिश्चितता, भ्रष्टाचारको निर्मुलिकरण र पुर्वाधार विकासमा प्रतिपक्षको ठुलो भूमिका हुन्छ।

आज बिहान मात्र करिब तिन वर्ष अघिको स्थानिय निर्वाचनमा पोखरा महानगरका मेयर मान बहादुर जिसिको घोषणा पत्र पल्टाएर हेरेँ। अहिले पनि मेयर साबको फेसबुकको दोस्रो कभर फोटो हेर्न सक्नुहुन्छ– ‘मेरो अर्जुनदृष्टी पोखरा लेखनाथको समृद्धि’ भन्ने झकीझकाउ फोटो छ। फोटोको दोस्रो भागमा लेखिएको छः

१. प्रविधि र सेवाग्रही मैत्री महानगर 
२. उद्यमशिल सहर 
३. वातावरण मैत्री सहर 
४. स्वच्छ पानी स्वच्छ सहर 
५ दिगो विकास मोडल 

यी त उहाँका अर्जुन दृष्टी भए। घोषणा पत्र अझै डरलाग्दो थियो। स्मार्ट सिटी, जितेको २४ घण्टामा पोखराका सबै सडकका खाल्टा टाल्ने, फ्रि ईन्टरनेट, मेट्रो रेल मोनो रेलका अबधारणा र यस्तै थुप्रै ! मैले मुल्याङकन गर्दा पुर्वाग्रही देखिन्छ, जनतालाई छर्लङ्ग भएको स्वयं मेयर साहेबले स्वीकार गर्नुहन्छ होला ! पोखरामा दर्जनौं दर्जन ठेक्का पट्टामा मिलोमतोका, भ्रष्टाचारका, अनियमितताका समाचार आजकाल सञ्चार माध्यममा सामाजिक सञ्जालमा आउनुलाई नौलो मान्न पर्दैन।

यी सबै मेयरले भनेका, गरेका, नगरेका विषय भए। अब आफैं तिर फर्कन चहान्छु। महानगरमा साँचै के कांग्रेसले प्रतिपक्षको भुमिका निभाउन सफल भयो त?

पार्टी पंक्तिबाट महानगरलाई वेलावेला झकझक्याउने जनताको पक्षमा बोल्ने काम नभएको पनि होइन। कांग्रेसबाट निर्वाचित सबै वडा अध्यक्षले गलत काममा फरक मत नराखेको पनि होइन।

तर साँच्चै दरो प्रतिपक्षको भुमिका भने निर्वाह गर्न नसकेको हामी आफैले स्वीकार गर्नु पर्छ।  मैले घमण्ड गरेको होइन। तर, अहिलेको परिस्थितिमा पोखरा महानगरको एउटामात्र प्रतिपक्ष छ, नेपाल विधार्थी संघ कास्की।  यस भुमिकामा कास्की कांग्रेसले नेवि संघको सँधै साथमा रहेर सहयोग गरेको पनि प्रष्ट छ।

कांग्रेसले आवाज उठाउदा उठाउँदै निर्वाचित वडा अध्यक्षहरुले उपस्थिति जनाउदा जनाउदै, भातृ संगठनले आन्दोलनको विगुल फुक्दा फुक्दै प्रतिपक्ष कहाँ निर चुक्यो भन्ने गम्भीर प्रश्न खडा भएको छ।

म पोखरा महानगरको कांग्रेसको नगर समिति र महानगरका कांग्रेसतर्फका प्रत्यासी तर्फ जान चहान्छु। कांग्रेसको महाधिवेशनलाई पनि यसैमा जोड्न चहान्छु।

आन्तरिक राजनितिले पुर्वाग्रही भएको होइन, अहिलेको कांग्रेसको नगर समितिले प्रपर फङसनिङ गर्न नसक्नु र प्रत्यासी उमेदवारले सोचे अनुरुप डे टु डे महानगरका क्रियाकलापमा फलोअप नगर्नुले एउटा लुपहोल बनेको छ।  स्थानिय तहको अधिवेशनमा कांग्रेसको एउटा मेकानिजम छ, जुन एकदमै सुन्दर छ।

महानगरभरका क्रियाशिल सदस्यले महानगरमा प्रत्यक्ष मतहालेर नेतृत्व चयन गर्छन।  मत अनुसार नेतृत्व शक्तिशाली बन्छ। किनकी हजारौं मतले नेतृत्व चयन हुन्छ र संगठनको जगसम्म नेतृत्व पुग्न सक्नु पर्छ। यससँगै अबको नेतृत्व कस्तो  आउँछ।

त्यही नेतृत्वले पोखरा महानगरको विकासमा ठुलो भूमिका खेल्छ। कसले गरे वा गरेनन् भन्दा पनि कांग्रेस नेतृत्व कस्तो बनाउने भन्ने बारे अब युवा पुस्ताले सोच्न जरुरी देखिन्छ।

पुस्ता हस्तान्तरणको विषय नेपाली राजनितिको मुल विषय बन्दै गर्दा पुस्ता हस्तान्तरणले मात्र विकास सम्भव छ ? यसले प्रतिपक्षको भुमिकापनि बलियो हुन्छ? मेरो अलि फरक मत छ।

युवा साथीहरुलाई म विषेश आग्रह गर्न चहान्छु। युवाहरुले आवाज उठाएर मात्र होइन अग्रजलाई सम्मान सहित हस्तक्षेप गरेमात्र पुस्तान्तरण सम्भव छ। नेतृत्वले पनि युवालाई भुमिका दिएर सँगै लैजानु पर्छ।  यो सबै भन्दा महत्वपुर्ण विषय हो।  किनकी युवा भनेका बाढीका भेल हुन् नहर बनाएर कुलेसोमा लान सके फल, नत्र विनाश!

१६ हजार मतान्तरले महानगरमा पछिपरेको कांग्रेसले सबै भन्दा बढी ध्यान हजारौं शिक्षित मतदाता र हजारौ युवा मतदाता जसले हाम्रो चालचलन, क्षमता र विश्वासनियता नजिकबाट निहालेर बसेका छन।  हाम्रो अहिलेको भुमिका र चालचलनले भोलिको निर्वाचनमा ठुलो अर्थ राख्छ।

सँगै राजनीतिकर्मीले जित हारको मात्र हिसाब मात्र होइन, पोखरा महानगर र नगरवासीलाई कन्द्रमा राखेर अघि बढ्नुपर्छ। जनताको जित नै हाम्रो जित हुनेछ।

(थापा नेविसंघ कास्कीका निवर्तमान सभापति हुन्)

सम्बन्धित खवर