नेपाल आइडल सीजन ३ को उपाधी पथरीकी सज्जालाई

नेपाल आइडल सीजन ३ को उपाधी पथरीकी सज्जालाई

पथरी, नेपाल आइडल सिजन ३ को उपाधी सज्जा चौलागाँईले जितेकी छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा अन्य २ प्रतिस्पर्धीलाई पछि पार्दै मोरङ पथरी शनिश्चरेकी सज्जाले उपाधी हात पारेकी हुन् ।

फस्ट रनरअप प्रविण बेडुवाल, सेकेन्ड रनरअप किरण कुमार भुजेल भएका छन् । सज्जाले नगद ५० लाख रुपैँया सहित अन्य थुप्रै पुरस्कारहरु पाएकी छन् । फस्ट रनरअप भएका बेडुवालले १० लाख नगद र सेकेन्ड रनरअप भएका भुजेलले नगद ५ लाख रुपैया पाउने भएका छन् ।

 

सम्बन्धित खवर