साप्ताहिक सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

साप्ताहिक सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

राजेन्द्र महतो, लहान

सिरहाको लहान नगरपालिका ६ का नेपाल समाज जनकल्याण युवा संघले लहान २४ स्थित साप्ताहिक सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।

लहान २४ स्थित सलहेश डिवहार मन्दिर मानिकदह झुटकी, स्वास्थ्य चौकी, लेखनाथ मावि गोबिन्दपुर, जनता अधारभुत विधालय मलहनमा र दलित आधारभुत विधालय खपटेडाँडा , मलहनहामा वृक्षारोपण गरिएको हो । संघका युवा समुह सहितका टोलीले २ सय भन्दा बढी बिरुवा रोपेर सरसफाई कार्यक्रम सम्पन्न गरेका हुन् । विगत केही समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्थाले गत २४ गते देखि ३० गते सरसफाइ तथा वृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको संघका सुदिप महतोले बताए ।

कार्यक्रममा स्थानीय युवा तथा संस्थाका अध्यक्ष लगायत सदस्यहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि विद्यार्थी समाजसेवी बुद्धिजीवी पत्रकार समेतको बाक्लो उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर