पोखरा २७ वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना, वडा कार्यालय बन्द

पोखरा २७ वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना, वडा कार्यालय बन्द

लेखनाथ : पोखरा महानगरपालिका वडा नम्बर २७ मा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालय बन्द गरिएको छ ।

कोरोना संक्रमित कर्मचारीलाई घर मै आसोलेसन राखिएको र अन्य कर्मचारीलाई होम क्वारेन्टिनमा लैजाने तयारी भइरहेको पोखरा महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष पुर्ण गुरुङले जानकारी दिए ।

साउनको ३० गते सम्म वडा कार्यालय बन्द गर्न पोखरा महानगरबाट पत्रआएको उनले बताए । वडामा कार्यरत कर्मचारीहरुको आइतबार स्वाब संकलन गरि लगिएको थियो । त्यस मध्ये एक जनामा कोरोना देखिएको हो ।

सम्बन्धित खवर