पथरी क्वारेनटाइनमा रहेका १ जनामा कोरोना पुष्टि

पथरी क्वारेनटाइनमा रहेका १ जनामा कोरोना पुष्टि

पथरी, मोरङको पथरी शनिश्चरेमा एकजनामा कोरोना सङक्रमण पुष्टि भएको छ । पथरी बहुमुखी क्यामपसमा रहेको क्वारेनटाइनमा रहेका २६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

शुक्रबार ६७ जनामा गरिएको स्वाव संकलन मध्ये ६६ जनाको नेगेटिभ आएको छ । भारतबाट आएका उनि क्वारेनटाइनमा बस्दै आएका थिए । संक्रमित पुरुषलाई अहिले कोभिड अस्पताल लाने तयारी गरिएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।

पथरीको वन अनुगमनमा संगै रहेका १ जनामा कोरोना पुष्टि भएपछि आइतबार पथरीका अरु ७५ जनाको स्वाव संकलन गरिएको छ । उनिहरुको रिपोर्ट आउन बाँकी रहेको आचार्यले जानकारी दिएका छन् ।

सम्बन्धित खवर