घुँगी खोज्न हिँडेका पुरुषको पैनीमा डुबेर मृत्यु

घुँगी खोज्न हिँडेका पुरुषको पैनीमा डुबेर मृत्यु

 

इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० मा पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

रतुवामाई–१० का अमर श्रेष्ठको घरमा काम गर्दै आइरहेका ४० वर्षीय सोम सतारको मंगलबार पैनीमा डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले पानी बगिरहेको पैनीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको जानकारी दिनुभयो । रायमाझीका अनुसार सतार सोमबार दिउँसो घुँगी खोज्न भन्दै आफूले काम गर्ने घरबाट निस्किएका थिए ।

नफर्किएपछि खोजी गर्ने क्रममा पानी बगिरहेको पैनीमा डुबेर मृत्यु भएको अवस्थामा मंगलबार स्थानीय बासिन्दाले शव फेला पारेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर