समुदायस्तरमा कोरोना फैलन नदिन १० दिनका लागि रतुवामाई शिल

समुदायस्तरमा कोरोना फैलन नदिन १० दिनका लागि रतुवामाई शिल

 

इटहरा : मोरङको रतुवामाई नगरपालिकाले १० दिनसम्माका लागि नगरक्षेत्र शिल गर्ने भएको छ । कोरोना भाईरस समुदायस्तरमा फैलने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले दश दिन पूर्णरुपमा शिल गर्ने निर्णय गरेको हो ।

बुधबारदेखि लागु हुने गरी नगरले सम्पूर्ण वडा कार्यालय, संघसंस्था, सहकारी, बित्तिय संस्था सबै बन्द गर्ने निर्णय गरेको हो ।

गत सोमबार रंगेली ब्लड बैंकमा कार्यरत युवती रक्षाबन्धनमा घर (इटहरा) आएका बेला कोरोना पुष्टि भएपछि नगरपालिकाले उत्त निर्णय गरेको हो।

सम्बन्धित खवर