कोशी अस्पतालमा मृत्यु भएका उदयपुर बेलकाका पुरुषको कोरोना रिर्पोट नेगेटिभ

कोशी अस्पतालमा मृत्यु भएका उदयपुर बेलकाका पुरुषको कोरोना रिर्पोट नेगेटिभ

 

कोशी अस्पताल विराटनगरको आइसोलेशनमा भर्ना हुने क्रममा मंगलबार विहान मृत्यु भएका उदयपुरको बेलका नगरपालिकाका बेदप्रसाद न्यौपानेमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

श्वासप्रश्वासमा समस्या र ज्वारो आएपछि विराटनगरको विराट मेडिकल कलेजमा आएका उनलाई कोरोना संक्रमण भएको आशंकामा कलेजले भर्ना नलिएपछि कोशी अस्पताल आउँदा भर्ना हुन नपाई मृत्यु भएको थियो ।

मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको कोशी अस्पतालकका मेडिकल सुपरिटेन्डेन्ट डा।चुमनलाल दासले जानकारी दिनुभयो । बेलका नगरपालिका–१ का ५५ वर्षीय न्यौपानेको मंगलबार बिहान १ बजे मृत्यु भएको थियो ।

ज्वरो आउने, रिँगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुनेलगायत कोरोनासँग मिल्ने लक्षण देखिएकोले उनमा कोरोना भएको आशंका गरिएको थियो । उनको रिपोर्ट नगेटिभ आएर कोरोना संक्रमण नभएको पुष्टि भएपछि शव परिवारका सदस्यलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर