तुहिन चुडिँदा एककाे मृत्यु

तुहिन चुडिँदा एककाे मृत्यु

लम्जुङ : लम्जुङमा तुइन चुँडिएर एक महिला दोर्दी खोलामा बेपत्ता भएकी छन् । दोर्दी खोलामाथिको तुइनको डोरी चुँडिएर दोर्दी–६ सिमी घर भई कीर्तिपुरबेंसी बस्ने २५ वर्षीया फूलमाया गुरुङ बेपत्ता भएकी हुन् ।

उनलाई अझै फेला पार्न नसकिएको लम्जुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए । ‘दुईवटा प्रहरी चौकीबाट खोजी टोली परिचालित भएको छ, तर अहिलेसम्म फेला पार्न सकिएको छैन,’ डीएसपी थापाले भने । उनले आज पनि खोजी कार्य जारी राखिएको बताए ।

स्थानीयले तुइन चुँडिएको स्थानबाट करिब पाँच सय मिटर तलसम्म महिलालाई बगेको देखेको बताएका थिए ।

फूलमायासँगै तुइनमा चढेका १७ वर्षीय विकास घले भने चुडिएको डोरी समातेर जोगिएका छन् । उनीहरु जनैपूर्णिमाको दिन जलकन्यादेवी मन्दिरमा पूजा गर्न जाँदै थिए । यो घटना सोमबार मध्याह्नतिरको हो ।

सरकारले दुई वर्षभित्र देशभरबाट तुइन बिस्थापित गर्ने घोषणा गरे पनि अझैसम्म विस्थापित भएको छैन । तुइनबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदा मानवीय क्षति भएका समाचार सार्वजनिक हुँदै आएका छन् ।

यसै महिना मकवानपुरमा तुइनबाट खसेर हेटौंडा उपमहानगरपालिका–१ का ७७ वर्षीय कृष्णप्रसाद पराजुलीको मृत्यु भएको थियो ।

सम्बन्धित खवर